सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्दै छ। बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । चुनाव आगामी मंसिर ४ गते तय भएको छ ।

कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत प्रस्ताव गरेको छ ।