जापानी पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार

जापानी पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो – जापानले मंगलबार शिन्जो आबेको अन्तेष्टि गर्ने तयारी गरेको छ । जापानमा लामो समय प्रधानमन्त्री बनेका आबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो ।

६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको परबाह नगरीमा ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए । बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएका थिए ।

उनको हत्यापछि जापान स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।