अध्यक्ष प्रचण्डकाे मन्त्रीलाई कडा निर्देशन: ‘काम प्रभावकारी गर्नुस् नत्र मार्ग प्रसस्त गर्नुस्’


काठमाडाैं- माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीलाइ प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

अाइतबार राति पुल्चोकस्थित गृह मन्त्री रामबहादुर थापाको निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी केन्द्रका मन्त्रीहरुको बैठकमा अध्यक्ष प्रचण्डले मन्त्रीलाइ प्रभावकारी काम गर्न निर्देशन दिएका हुन् ।

उनले मन्त्रीले राम्राे काम गर्न नसके मार्ग प्रसस्त गर्ने चेतावनी पनि दिएका छन् ।

माअाेवादी केन्द्रकाे काम कारवाही सुस्त भएकाे र अब काम देखाउने बेला भएकाले प्रचण्ले पार्टीलाइ बलियाे बनाउन यस्ताे निर्देशन गरेका हुन् ।

बैठकमा मन्त्रीहरुको कामको १५ /१५ दिनमा समिक्षा गर्दै अगाडि बढ्नुपर्ने, कुनै पनि राजनीतिक नियुक्ति गर्दा संस्थागत तरिकाले गर्नुपर्ने, हरेक मन्त्रीले विज्ञ राखेर उनको रायसल्लाहमा काम अगाडि बढाउनुपर्ने कार्यबिधि पनि तय भएकाे छ ।

अब मन्त्रीहरुले कामको १५ /१५ दिनमा समिक्षा गर्दै अगाडि बढ्नुपर्नेछ ।

बैठकमा अध्यक्ष प्रचण्डले मन्त्रीहरुको कामलाई विधिमा ढाल्न खोजेको बताउँदै यसले पार्टीलाइ थप मजवुत बनाउन सहयोग पुग्ने बताएका  छन् ।

३ हप्ता अागडि भएकाे सरकार गठनमा एमाले र माअाेवादी सहित २२ मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement