आदिवासीको कार्यक्रमबाट लखेटिए मन्त्री पण्डित

आदिवासीको कार्यक्रमबाट लखेटिए मन्त्री पण्डित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि कार्यक्रमबाट निस्कन खोज्दा आक्रमणको प्रयास भएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद बैठकको अध्यक्षता गर्न पुगेका मन्त्री पण्डितमाथि कार्यक्रस्थलबाट बाहिर निस्कने बेला हुलहुज्जत गर्नुका साथै आक्रमण प्रयास भएको हो ।

मन्त्री पपण्डितले आक्रमण गर्न खोज्ने युवाहरु आयोजक नभएर अन्य युवाहरु भएको बताए ।लोकसेवा आयोगको विषयलाई लिएर बैठकस्थल बाहिर आदिवासी जनजाति युवाहरुकोे समूहले मन्त्री पण्डितको राजीनामा माग गर्दै नाराबाजी गर्नुका साथै कालो झण्डासमेत देखाएका थिए ।

उनीहरुले समावेशी सिद्धान्त विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन खारेजीको समेत माग गरेका थिए । आदिवासी जनजाति सम्वद्ध संघसंस्थाले लोकसेवा विज्ञापन असमावेशी भएको भन्दै खारेजीको माग गरेर आन्दोलन जारी राखेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह घानुकका अनुसार
युवाहरु नाराबाजीसहित बैठकस्थल प्रवेश गरेपछि मन्त्री पण्डित बैठकस्थल छाडेर निस्किएका थिए ।