शुक्रबार आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्दै एमाले अध्यक्ष ओली

शुक्रबार आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्दै एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनजातिसँग संवाद गर्ने भएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग शुक्रबार जनजाति समुदायको वस्तुस्थितीबारे राष्ट्रियसभा गृहमा अन्तरक्रिया गर्न लागेका हुन् ।

ओलीले कात्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्याएका छन् । सोही दिन देशभरका आदिवासी जनजाति समुदायका अगुवा तथा जातीय संगठनका प्रतिनिधिहरुको सुझाव सुन्ने महासचिव पेम्बा गुरुङ भोटेले जानकारी दिए ।

विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाण्डु निम्त्याइएको महासंघले जनाएको छ ।