एएफसी एसिया कप छनौटः नेपाल ताजकिस्तानसँग पराजित

एएफसी एसिया कप छनौटः नेपाल ताजकिस्तानसँग पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आगामी सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग घरेलु मैदानमै पराजित भएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको हो।

 

पहिलो हाफको २६ औं मिनेटमा ताजकिस्तानका डिजालिलोभ मेनुचेरले गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको चार मिनेटपछि नै भ्यासिद दिलसुदले गोल गर्दै ताजकिस्तानको अग्रता दोब्बर पारेका थिए।

 

भ्यासिदले डिबक्सभित्र प्रहार गरेको बल सिधै गोल भएको थियो। पहिलो हाफमा २–० ले पछि परेको नेपालका नवयुग श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले खेलको ६१ औं मिनेटमा सान्तोना गोल फर्काएका थिए।

 

हारसँगै एएफसी एसिया कप–२०१९ का लागि छनौट हुने नेपालको सम्भावना कठिन बनेको छ। एसियन कप छनौटको समूह एफमा रहेको नेपालले तीन खेलबाट १ अंकमात्रै जोडेको छ। नेपाललाई हराएको ताजकिस्तानको ३ अंक छ । अंक तालिकामा नेपाल चौथो स्थानमा रहँदा ताजकिस्तान तेस्रो स्थानमा छ। समूह एफको शीर्ष स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा भने यमन छन्।

 

नेपालले अब ताजकिस्तानसँग आउँदो अक्टुबर १० मा उसकै घरेलु मैदानमा खेल्नेछ। नेपालले फिलिपिन्ससँग नोभेम्बर १४ मा काठमाडौंमा र आगामी मार्च २७ मा यमनसँग खेल्ने तालिका छ।