बझाङ । बझाङ जिल्लाको केदार स्युँ गाँउपालिका–७ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।
शनिबार राति वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले बताइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेर नष्ट भएको छ ।
वडा कार्यालयमा आगजनी कस्ले र र किन गरेको हो भन्नेबारे खुलेको छैन् । घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररीचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए । वडा कार्यालय पुग्न करीब पाँच घण्टाको पैदल यात्रा गनुपर्ने हुनाले प्रहरी पुगेपछी मात्र यर्थाथ विवरण आउने उनले बताए ।




प्रतिक्रिया