रौतहटमा आगलागी, २५ घर जलेर खरानी

रौतहटमा आगलागी, २५ घर जलेर खरानी


काठमाण्डु– रौतहटमा आगलागी हुँदा २५ घर जलेर खरानी भएका छन् । राजदेवी नगरपालिका–५ मा रहेको पासवान टोलमा गएराति आगलागी हुँदा २५ वटा घर जलेर नष्ट भएको हो ।

स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भई लागेको आगोले दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा, कान्ति देवी पासवानसहितका घर पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा आज बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।