काठमाण्डु– दरबारमार्गस्थित उडल्यान्ड होटलमा लागेको आगलागी नियन्त्रणमा आएको छ। बिहीबार बिहान १०ः१५ बजे लागेको आगो केहीबेरअघि नियन्त्रणमा आएको हो।
आगलागी नियन्त्रणमा पाँचवटा दमकलसहित प्रहरी खटिएका थिए । उडल्यान्ड होटेलको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीबाट होटल पूर्णरुपमा जलेको छ । क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।









प्रतिक्रिया