काठमाण्डु – काठमाण्डुको नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । सोमबार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि काठमाण्डु महानगरपालिकाको दमकल बोलाइएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले बताएका छन् । उनका अनुसार आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने उनको भनाइ छ ।




प्रतिक्रिया