नुवाकोट – जिल्लाको मेघाङ गाउँपालिका–२ बुङताङ बस्ने चित्रबहादुर तामाङको घरमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।
आगलागी हुँदा घर, घरभित्र रहेको सुनको गरगहना, नगद, भाँडावर्तन, लत्ताकपडा जलेर करीब ११ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया