रक्सी पिएर घरमा आगाे लगाउँदा श्रीमतीको जलेर मृत्यु

रक्सी पिएर घरमा आगाे लगाउँदा श्रीमतीको जलेर मृत्यु


दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–२ सुन्डुमुन्डुका एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नैै घरमा आगो लगाएका छन् ।

मदिरा सेवन गरी घर आएका ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगएपछि सामान निकाल्न घरभित्र छिरेकी वडालकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार मध्यराति मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग पहिला झगडा गरेको र परिवारका सदस्य घर छाडेर भागेपछि बडालले आफू सुत्ने कोठामा गएर आगो लगाएका थिए ।

वडालले यसअघि पनि मदिरा सेवन गरेपछि घरमा आएर झगडा गर्ने गरेको स्थानीय बताउँछन् ।