मखन टोलमा आगलागी, एक महिलाको मृत्यु

मखन टोलमा आगलागी, एक महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको मखन टोलमा आगलागी भएको छ । आगलागीमा परेर एक महिला मृत्यु भएको छ ।

मखनटोलको सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो ।

श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले  पक्की घरमा सल्किएको छ । 

प्रहरीका अनुसार आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत भएको छैन ।

अहिले दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ ।