काठमाण्डु – विभिन्न जिल्लामा भएका आगलागीका घटनाबाट धनमाल जलेर नष्ट भएका छन् ।
कैलालीको भजनी नगरपालिका–३ पडरीया बस्ने ५० वर्षीय कलम चौधरीको घरमा विद्युत् सर्ट भई सोमबार राति आगलागी हुँदा करीब २ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका–३ झोहरा चोक बस्ने सुरेन्द्र प्रसाद साहको किराना पसलमा विद्युत् सर्ट भई सोमबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करीब १५ रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–१३ बोटेटोल बस्ने बेद बहादुर बोटेले सञ्चालन गरेको किराना पसलमा विद्युत् सर्ट भई सोमबार राति आगलागी हुँदा करीब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–८ सभागृह लाइन बस्ने जसमाया तामाङको घरमा मंगलबार बिहान आगलागी हुँदा करीब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया