आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरी र कञ्चनपुरबाट आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बस्ने भुटाई मेहताको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करीब  ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–४ नयाँ रिछा बस्ने रामि चन्दको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर करीब ४ लाख ४९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।