घण्टाघरको धकाली रेस्टुरेन्टमा आगलागी

घण्टाघरको धकाली रेस्टुरेन्टमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको त्रिचन्द्र कलेज नजिक एउटा भवनमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

कमलादीको घण्टाघर ननिक थकाली रेष्टुरेन्ट रहेको भवनमा शनिबार आगलागी भएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ काठमाण्डु महानगरपालिकाका दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

आगलागी कसरी सुरु भयो भन्नेबारे अहिलेसम्म यकिन कारण खुल्न सकेको छैन।