कैलाली – जिल्लाको धनगढी उपमहानगरपालिका–१ स्थित भण्डारी जनरल स्टोरको जुत्ता चप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई गएराति भएको आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करीब १३ करोड ७० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगो फैलिएर दलबहादुर भण्डारीको गोदाम, टेकेन्द्र शर्माको मधुमाला बेवी सपको गोदाम, बासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगत बहादुर बलायरको सुभिक्षादेवी सपिङ सेन्टरको कपडा गोदाम, यसोदा साउदको न्यू सदिक्षा ईन्टरप्राईजेजको गोदाम, गौरी भण्डारीको भण्डारी सु–सेन्टरको गोदाम, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स र सारथी अस्पतालमा गरी धनमाल जलेर क्षति भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।
आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया