काठमाण्डु – राजधानी काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी हुँदा १ करोड ७० लाख बराबरको क्षति भएको छ ।
विद्युत् सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा जेनेरेटर २, ट्रान्सफर्मर १, प्यानल बोड १, बीसीटी १, फ्रिज कम्प्रेसर १ जलेर करीब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
सप्तरीको सुरुङगा नगरपालिका–८ महुलियास्थित एनसेल टावरमा जेनरेटरको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा जेनेरेटर जलेर करीब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रामेछापको मन्थली नगरपालिका–१३ देविटार बस्ने कमलराज गिरीको घरमा शनिबार बिहान आगलागी हुँदा भाँडावर्तन, अन्नपात लगायतका सरसमान जलेर करीब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया