आगलागीमा परि एकै परिवारका तीन जनाको मृत्यु

आगलागीमा परि एकै परिवारका तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी — बैतडीको पुरचौडी नगरपालिका–५ कुवाकोटमा घरमा आगलागी हुँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बुधबार राति पुरचौडी–७ स्थित बसपार्क किनारको टहरामा बस्दै आएका उनीहरुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।