काठमाडौं – ललितपुरको भैंसेपाटीमा आज (बिहीबार) बिहान आगलागी भएको छ ।
किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान साढे ३ बजेबाट लागेको आगो साढे ९ बजेतिर मात्र पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा खटिएका थिए ।
आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।




प्रतिक्रिया