काठमाण्डु– प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा आईटी आर्मी बनाउनेदेखि बेरोजगारी भत्ता दिनेसम्मका योजना छन् ।
घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, ‘राइट टु रिकल’देखि दलरहित स्थानीय सरकारको प्रस्ताव राखेको छ।
यस्तै ७० वर्ष नाघेका व्यक्तिलाई प्रधानमन्त्री वा मन्त्रीजस्ता कार्यकारी पदमा बस्न नपाउने व्यवस्था लागू गरिने पनि समेटेको छ।
घोषणापत्रमा भनिएको छ, ‘राष्ट्रिय महत्वका विषयमा आम जनताले डिजिटल माध्यमबाट प्रत्यक्ष जनमत सङ्ग्रह मार्फत निर्णय दिन पाउने प्रणाली विकास गरिने छ । संवैधानिक निकायहरूको व्यापक पुनर्संरचना गरिनेछ र यस्ता निकायमा नियुक्ति र कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा सुधार गरिने छ ।’
पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी गर्ने सार्वजनिक घोषणापत्रका उल्लेख छ ।
पार्टीले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ ।
पूर्णपाठ




प्रतिक्रिया