‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा


काठमाण्डु – गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

अमेरिकामा रियल स्टेट व्यवसयीका रुपमा आफ्नो भिन्न छवि बनाउन सफल गायक न्यौपाने आफ्नो व्यवसाय सँगसँगै नेपाली गीत संगीतमा पनि तल्लिन रहँदै एकपछि अर्को सशक्त म्युजिक भिडियोहरू बजारमा ल्याउने क्रममा तिम्रो आँखामै हराएछु रिलिज गरेका हुन् ।

गायक न्यौपानेको तिम्रो आँखामै हराएछु मेलिनासँगको दोस्रो सहकार्य हो । यसअघि उनले मेलिनासँग यो जुनीमा तिम्रोमा स्वर भरेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरू देख्न सकिन्छ ।

जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । भिडियोमा आलिसा बास्तोला र लोमश शर्माले जीवन्त अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement