आलमको बयान सकियो, अधिकांश अपराध अस्वीकार

आलमको बयान सकियो, अधिकांश अपराध अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमको बयान सकिएको छ । राजापुर बम काण्डका आरोपी आलमसँग जिल्ला अदालत रौतहटले तीन दिन लगाएर बयान लिएको हो ।

पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधिएको थियो । तेस्रो दिन आज उनलाई न्यायाधीशले २६ वटा प्रश्न गरेका थिए ।

चार नम्बर इजलासका न्यायाधीश दिपक ढकालले सोधेका अधिकांस प्रश्नको जवाफमा आलमले अपराध अस्वीकार गरेका छन् ।