आलम प्रकरण : सोधपुछका लागि तत्कालीन इन्सपेक्टर सुवेदी र बस्नेतलाई प्रहरीले रौतहट बोलायो

आलम प्रकरण : सोधपुछका लागि तत्कालीन इन्सपेक्टर सुवेदी र बस्नेतलाई प्रहरीले रौतहट बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजपुर बमकाण्डका आरोपी कांग्रेसका सांसद मोहम्मद अलताफ आलम प्रकरणमा सोधपुछ गर्न प्रहरी अधिकृतहरुलाई रौतहट बोलाइएको छ ।

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा रौतहट–२ का तत्कालिन कांग्रेस उम्मेदवार आलमको घर नजिकै भएको बम बिष्फोटको घटनापछि सरूवा भएका र सुरूमा अनुसन्धान गरेका प्रहरी अधिकृतलाई सोधपुछका लागि बोलाइएको हो ।

चुनावका बेला राजापुर क्षेत्रमा खटिएका तत्कालीन इन्सपेक्टर इन्द्र सुवेदी र घटनाको अनुसन्धान गरेका इन्सपेक्टर राजीव बस्नेतलाई त्यो बेलाको घटनाबारे थाहा भएका कुरा सोधपुछ गर्न रौतहट प्रहरीले प्रदेश–२ का प्रहरीलाई चिठी लेखेर सुवेदी र बस्नेतलाई बोलाउनुपर्ने भनेपछि उनीहरुलाई बोलाइएको रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।