काठमाडौं । हत्या आरोपमा आइतबार आफ्नै निवासबाट पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि अदालतले थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको छ ।
सांसद पदबाट निलम्बनमा परेका आलमलाई जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको हो ।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोप उनीमाथि लागेको छ ।




प्रतिक्रिया