आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगायो

आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रौतहटको राजापुर बम काण्डका प्रत्यक्षदर्शी गौरीशंकर चमारले मोहम्मद अफताव आलमका व्यक्तिले आफुलाई अपहरण गरेर बयान फेर्न लगाएको बताएका छन् ।

प्रत्यक्षदर्शी चमारले आलमका व्यक्तिले आफुलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाई दबाव दिएर अदालतमा बयान फेर्न लगाएको बताएका हुन् । भारतस्थित आलमका सम्धी शिवहरको घरमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताएका छन् । त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् ।

गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ ।

यद्यपि गौरीशंकरले चार दिन अगाडि आफू घरमै बसिरहेको बेला केही मानिसहरुले जीपमा राखेर बन्धक बनाएर आलमका सम्धीको घरमा राखेको बताएका छन् । काम छ भनी अपहरण गरी आलमका सम्धीको घरमा बन्धक बनाइ राखेको र डर धम्की दिँदै एक कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।