काठमाण्डु- सांसद प्रेम बहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राई र आलेलाई शपथ खुवाएका हुन् ।
राई सुत्केरी र आले मातृ शोकमा परेका कारण यसअघि उनीहरूले शपथ लिन सकेका थिएनन् । मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राइ निर्वाचित भएकी थिइन भने आले एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए ।




प्रतिक्रिया