आलितालमा स्थानिय सरकार बेखबर, असोज लागेपछि मात्रै अबरुद्ध सडक सञ्चालनमा आउने

आलितालमा स्थानिय सरकार बेखबर, असोज लागेपछि मात्रै अबरुद्ध सडक सञ्चालनमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकाभित्र पर्ने बुडर-नाइल सडकखण्ड अन्तर्गत बुडरदेखि दोबाटासम्मको सडक सञ्चालनमा आउन सकेको छैन । वर्षाका कारण दुई महिनादेखि अबरुद्ध भएको उक्त सडकखण्ड सञ्चालनमा आउन नसेको हो ।

सडक सञ्चालनमा नआएपछि विशेष गरेर आलिताल गाउँपालिका वडा न. ६ का स्थानीयहरु मारमा परेका छन् । स्थानीयहरुले सडक सञ्चालनमा ल्याउनको लागि पटक-पटक वडा र गाउँपालिकासँग अनुरोध गरेपनि कुनै पहल गरिएको छैन ।

स्थानीयहरुले गाउँपालिकाले सडक खुलाउनतर्फ ध्यान नदिएको भन्दै श्रमदान कार्यक्रम सुरु गरेका छन्। स्थानीय सरकार छ की छैन भन्नेसमेत महशुस आफूहरुलाई नभएको स्थानीयहरुको गुनासो छ । बुडरदेखि दोबाटासम्मको सडक सञ्चालनमा नआएपछि बिरामीलाई अस्पताल लग्न बाटोसमेत नभएको स्थानीय युवा कमल साउदले बताए ।

‘दुई महिनादेखि सडक अवरुद्ध भएको छ । बिरामीलाई पिठ्युमा बोकेर लैजानु पर्ने बाध्यता छ । बजारबाट राशन किनेर ल्याउनलाई बाटो छैन । बिद्यार्थीलाई आउन जान पनि बाटो छैन। हामीले वडामा र गाउपालिकामा पटक-पटक भन्यौँ तर, उहाँहरुले हाम्रो गुनासो सुन्दैनन् । हाल हामी आफै सडक खुलाउन काम गरिरहेका छौँ ।’, कमल साउदले भने ।

आलिताल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुम्भर बुढाले सडक सञ्चालनमा ल्याउनको लागि आफूले पहल गरिरहेको बताएका छन् । उनले तत्काल अलिअलि खुल्ने पुरै सडक चाहीँ असोजमा सञ्चालनमा आउने बताएका छन् ।

‘मैले सडक सञ्चालनमा ल्याउनको लागि पहल गरिरहेको छु । भोलिसम्म पालिकाबाट डोजर आउछ । अब मैले सडक सञ्चालनको लागि पहल गरेन भन्ने कुरा चाहीँ झुटो हो । हाललाई अलिअलि भएनी खुल्छ पुरै सडकखण्ड चार्हीँ असोजमा खुल्छ ।,’ अध्यक्ष बुढाले भने ।