काठमाण्डु- हावाहुरीले डडेल्धुराको आलिताल गाउँपालिकामा एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार साँझ तीव्र गतिमा आएको हावाहुरीले रुखको हाँगा टाउकोमा लागेपछि आलिताल गाउँपालिका-४ की गौमती बोहरा गम्भीर घाइते भएकी हुन् ।
उनलाई उपचारका लागि धनगढी लगिएको छ । मौरी बजारमा रहेको मीलमा जाने क्रममा उनको टाउकोमा रुखको हाँगा लागेको थियो । बोहराको टाउकोमा गम्भीर चोट लागेको छ । उनी सकाराम बोहराकी श्रीमती हुन् ।
उनको आर्थीक अवस्था एकदमै नाजुक रहेको छ । बोहराको आर्थिक अवस्था नाजुक भएकाले आर्थीक सहयोग गर्न सबैलाई वडा न. ४ का अध्यक्ष कमल सिंह बोहराले आग्रह गरेका छन् । गौमतिलाई अस्पतालमै भेट्न पुगेका वडा न.८ का वडा अध्यक्ष धनबहादुर देउवाले पनि उनको अवस्था गम्भीर भएको बताए ।
त्यस्तै हावाहुरिले आलिताल गाउँपालिकाका विभिन्न स्थानमा ठूलो परिणाममा भौतिक क्षति छ । आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्कीका अनुसार सबै भन्दा बढी वडा न.४ मा क्षेति भएको छ ।
विद्यालयको छाना पनि उडाएको उनले बताए । क्षति के कति ? भयाे भन्नेबारे विवरण संकलन भइरहेको अध्यक्ष पार्कीले बताए । हावाहुरीबाट सर्तकता अपनाउन आलिताल बासीहरुलाई उनले आग्रह पनि गरेका छन् ।




प्रतिक्रिया