पत्रपत्रिका

आलोपालो टुंगो छैन

बेलायत – प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ।

dish home

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए। नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । दाहालले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तरवार्तामा सार्वजनिक गरेका थिए। यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top