आलमलाई थप ८ दिनको म्याद थपियो

आलमलाई थप ८ दिनको म्याद थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहट बम काण्डका आरोपी नेपाली कांग्रेसका तत्कालिन सांसद मोहम्मद अलताफ आलमलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई आदेश दिएको छ ।

अनुसन्धानको लागि भन्दै जिल्ला अदालत रौतहटले आठ दिनको म्याद थप गरेकाे यो तेस्रो पटक हो । न्यायाधीश केशवराज पाण्डेको इजलासले आजदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २६ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।