व्यावसायीले आलु र प्याजकाे आयातमा रोक लगाए, उपभोक्ताको भान्सा महंगिदै


काठमाण्डु- व्यवसायीहरुले आलु र प्याजको आयात रोकेका छन् । सरकारले  २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गरेपछि उनीहरुले आयात रोकेका हुन् ।

सोमबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कृषि उत्पादन आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीले बताए।

आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत गर्न सहज नहुने तथा उपभोक्ताको भान्सा महंगिने भएकाले यसलाई खारेज गर्नुपर्ने उनको माग छ । ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा सरकारलाई भ्याट तिर्नुपर्ने भएकाले यसले व्यवसायीलाई असहज बनाएको उनले बताए।

सरकारले बजेट वक्तब्य सार्वजनिक गर्नुअघि ३० रुपैयां प्रतिकिलो रहेको प्याजको मूल्य पछिल्ला १० दिनमै बढेर १०० देखि ११० रुपैयांसम्म पुगेको छ । बजेट भाषणअघि ३१ रुपैयां प्रतिकिलोमा पाईने आलुको मूल्य अहिले ४५ रुपैयांसम्म पुगेको छ । बजेट घोषणाको १४ दिनमै आलुको मूल्य करिब दोब्बर र प्याजको मूल्य किलोमा साढे तीन गुणाले बढेको देखिएको छ ।

सरकारकाे नीति उत्पादन संरक्षण

यता सरकारले भने आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री डा. प्रकाशशरण महतले एकातर्फ आलु /तरकारीमा अबैँको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको गुनासो गरे।

उत्पादनलाई प्रोत्साहन गर्ने एक यन्त्र कर पनि भएको भन्दै उनले यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement