आमा–बाबुको हत्या गर्ने छोरा पक्राउ

आमा–बाबुको हत्या गर्ने छोरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको भन्दै २६ बर्षीय छोरा भरत भण्डारीलाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट आइतबार पक्राउ गरिएको हो । भण्डारीसँग आमा धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाकै हत्या गरेको प्रहरीले जनाएको छ ।

धनाको हत्यापछि उनले जयलालको हत्या गरेर सोही राती डडेल्धुरा गएको प्रहरी अनुसनधानबाट खुलेको छ । उनीहरुविच अशंवण्डाको विषयमा लामोसमयदेखि विवाद हुँदै आएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।