कहिलेसम्म डाक्टरले कुटाइ खाने ?

कहिलेसम्म डाक्टरले कुटाइ खाने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाण्डुमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाण्डु उपत्यकाका डाक्टर सहभागी छन्।

कुटपिटको विरोधमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेका चिकित्सकसँग सरकारले ६ बुँदे सम्झौता गरेपछि काममा फर्किएका थिए। कुटपिटको विरोधमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकले आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका छन्।

कुटाइ खाने कहिलेसम्म, डाक्टर कुट्न पाइँदैन, स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेर डाक्टहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।

सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए। आइतबार राती पनि लमजुङ जिल्ला अस्पतालमा बेंसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर कुटेका थिए। यसअघि गत २७ भदौमा हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए। यसैबीच सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।