आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य

आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् ।

बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना गम्भीर घाइते भएको बताएका छन् । उनले घाइतेको सरकारले उपचार गर्न नपर्ने भन्दै सबै घाइतेको आफैले उपचार गर्ने बताए उनीहरुलाई केएमसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।