शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । सोमबार शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, प्रहरीहरुले आन्दोलनकारीहरुलाई सिंहदरबार वरपर प्रदर्शन गर्न नदिएपछि आन्दोलनकारीह आक्रोशित बनेका थिए ।

उक्त झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको थियो ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाण्डुमा आएर आन्दोलन गरिरहेको छ ।