खड्कालाई जिम्मेवारीबाट हटाएसँगै आरतीका बुवालाई वार्तामा आउन गृहकाे पत्राचार

खड्कालाई जिम्मेवारीबाट हटाएसँगै आरतीका बुवालाई वार्तामा आउन गृहकाे पत्राचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएसँगै खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।

धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो ।

संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो । यसैबीच गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ ।

आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको हो । आरती शाह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए ।