जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर- ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई कात्तिक २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।