काठमाण्डु – परराष्ट्र मन्त्री आरजु राणा देउवा आगामी हप्ता भारत भ्रमणमा जाने भएकी छन् ।
उनी आउँदो हप्ता भारत जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भारतका विदेश सचिव विक्रम मिस्रीको निम्तोमा राणा भारत जाँदैछिन् । मिश्री हालै नेपाल भ्रमणमा आएका थिए ।
भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकर लगायत उच्चस्तरीय अधिकारीसँग भेट गर्ने जनाइएको छ । परराष्ट्रमन्त्री बनेपछि राणाको भारत भ्रमण पहिलो विदेश भ्रमण हुनेछ ।
आगामी मन्त्रिपरिषद् बैठकबाट उनको भारत भ्रमणबारे निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।




प्रतिक्रिया