मृगौला रोगबाट मृत्यु भएका बुद्धिरामका छोराछोरीलाई आर्थिक सहयोग


गोवा – भारतको गोवामा अबस्थित प्रवासी नेपाली दाजुभाइ दिदिबहिनीहरुले मृगौला रोगबाट मृत्यु भएका छोराछोरीलाई आर्थिक सयोग गरेका छन् ।
मृत्यु भएका सल्यान कुपिन्डे नगरपालिका वडा नं. ११ निवासी बुद्धिरामका छोराछोरीलाई चौंधहजार एकसय आर्थिक सहयोग गरेको हो ।

आर्थिक रुपमा कम्जोर भएकोले केही राहत मिलोस भनेर यस्तो कार्यको थालनी गरिएको अन्तर्रा्ष्ट्रिय नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार हस्त रसाइलीले जानकारी दिए ।

आगामी दिनमा छोराछोरीलाई पढाइ लेखाइमा र भरणपोषणमा समस्या आउनसक्ने भएकोले तत्कालका लागि केही समस्या नहोस् भनेर आर्थिक सयोग गरिएको अन्तर्रा्ष्ट्रिय नेपाली समाज भारतका महासचिव लोकेन्द्र सेर्पालीले बताए ।

उनले भने प्रवासमा हामी नेपालीलाई कतिखेरै पनि समस्या आउने भएकोले सबै प्रवासी नेपालीहरु एकरुपतामा आउन जरुरी भएको बताए । संकलन भएको राहतलाई अन्तर्रा्ष्ट्रिय भारतका महासचिव लोकेन्द्र सेर्पाली र प्रशिक्षण विभाग प्रमुख दिवाकर शर्माले छोरा शुरज धन कामी र छोरी अनामिका लाइ हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement