पठाओका सिइओले गरे काठमाण्डु–१ बाट चुनाव लड्ने घोषणा

पठाओका सिइओले गरे काठमाण्डु–१ बाट चुनाव लड्ने घोषणा


काठमाण्डु– राइड सेयरिङ एप पठाओका संचालक असिममान बस्नेतले काठमाण्डु–१ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले काठमाण्डु क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।

उनले आफू तीन वटा एजेन्डा अघि सार्दै चुनावी अभियानमा लाग्ने बताए।

उनका ३ एजेन्डा

–उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था : युवा पुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्नु मेरो चाहना हो।

–जबाफदेहिता काम गर्नेले जबाफ दिनुपर्छ : निर्णय गर्नेले जिम्मेवरी लिनुपर्छ यो नै सुशासनको आधार हो।

–अनुभव र नयाँ पुस्ताको जोड्ने पहल : जहाँ अनुभवी पुस्ता र युवाबीच संवाद मार्गदर्शन र सहकार्य होस्।