शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य नियुक्त

शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

उनलाई शुक्रबार हृदय केन्द्रको निर्देशकमा नियुक्त गरिएको हो ।

उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा कार्यरत हुन। उनी लामो समयदेखि केन्द्रमै कार्यरत छन्।

उनी हालसम्म केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्।