काठमाडौं – गायिका आस्था राउत विवादमा तानिएकी छन् । बुधबार सिक्किम जाने क्रममा त्रिभुवन विमानस्थलमा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
विमानस्थलमा रमिता नामक महिला प्रहरीले उनीमाथि असभ्य व्यवहार गरेको बताउँदै ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले सामाजिक सञ्जालमार्फत लाइभ गर्दै प्रश्न गरेकी छिन् । यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ ।
भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि सुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले फेसबुकमार्फ माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’




प्रतिक्रिया