प्राध्यापकलाई ‘सुसाइड नोट’ पठाएर थोमसले गरे आत्महत्या


एजेन्सी – भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेका छन् ।

नवभारत टाइम्सले दक्षिण पश्चिम जिल्लाका डिसिपी देवेन्द्र आर्यलाई उद्धृत गर्दै छात्रको नाम ऋषि जे. थोमस भएको जनाएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । झुण्डिनका लागि ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरिएको थियो ।

मृत्यु हुने थोमस एमए अन्तिम वर्षका विद्यार्थी हुन् । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आफ्नो आत्महत्याबारे जानकारी दिएका थिए ।

डिसिपी देवेन्द्र आर्यका अनुसार मृत्यु अघि छात्रले बिहान ११ः३१ बजे एक प्राध्यापकलाई सुसाइड नोटको रुपमा एक इमेल पठाएका थिए । मेलमा थोमसले लेखेका थिए, ‘धेरै दिनदेखि मृत्युलाई भौतिक रुपमा हेर्ने चाहना थियो । मेरो आमा बुवाको हेरबिचार गर्नु ।’ उक्त मेल अंग्रेजीमा लेखिएको रहेछ ।

स्रोतका अनुसार पुलिसलाई लाग्छ कि थोमस मृत्युको रहस्य जान्न उत्सुक थिए । सायद उनी थाहा पाउन चाहन्थे कि आखिर मान्छेको मृत्यु कसरी हुन्छ र मृत्यु कसरी आउँछ भनेर उनी जान्न चाहन्थे । घटनाबारे गत शुक्रबार दिउँसो जानकारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement