काठमाण्डु– काठमाण्डुको बौद्धमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी ३० वर्षीय सालु गुरुङले राति २ बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेकी हुन् ।
हाल उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ । गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ ।
घरायसी झगडापछि उनले आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया