तेक्वान्दोमा आयशा शाक्यले जितिन् स्वर्ण


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।

सफल खेलाडी दुई सन्तानकी आमा आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन । आयशाले ७९.४० स्कोरमा जित हासिल गरेकी हुन् । सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी हुन् ।

पुम्सेमा यसअघि नेपालका लागि पार्वती गुरुङ, कमल श्रेष्ठ, सिना मादेन लिम्बुले स्वर्ण पदक जितिसकेका छन् । स्तै कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् । आयशा नेपालका कीर्तिमानी खेलाडी दीपक विष्टकी श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement