काठमाण्डु – आयुर्वेद चिकित्सा परिषद् नेपालले कोरोना उपचार गर्ने भ्रामक प्रचार नगर्न आग्रह गरेको छ ।
परिषद्मा दर्ता नभएका अनधिकृत व्यक्तिहरुलाइ विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यम प्रयोग गरी भ्रामक प्रचार नगर्न आग्रह गरेको हो ।
आज परिषदका रजिष्ट्रार डा. निर्मल भूसालले सूचना जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो ज्ञान र सीपको अधिकतम प्रयोग गरी कोभिड १९ को उपचारमा संलग्न हुन आग्रह गरेका छन् ।
साथै उनले परिषदमा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीले मात्र शास्त्र र वैज्ञानिक तथ्यका आधारमा सञ्चार माध्यमलाई आफ्नो राय दिन आग्रह गरेका छन् ।





प्रतिक्रिया