एयरपोर्टमा आयुषलाई ब्याण्ड बाजासहित भव्य स्वागत


काठमाडौं – भारतीय लोकप्रिय रियालिटी शो ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल फर्किएका छन् ।

उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले बाजा बजाएर भव्य स्वागत गरेका थिए । विमानस्थलमा आफन्त र फ्यानको भीड देख्दा खुशी भएका आयुषले भने, ‘मेरो मिहिनेत र सबैको साथले यो सफलता मैले पाएको हुँ । म र मेरो साथी प्रितमले नेपालको नाम राख्न सक्यौ, म खुशी छु ।’

अन्तिम ६ मा पुगेपछि उनको चर्चा अझै चुलिएको थियो । नेपालकै प्रितम आचार्य यो प्रतिस्पर्धामा सेकेन्ड रनरअप बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement