अवैध भारतीय बस संचालनार्थ यातायात कार्यलयको पत्रसहित सिडिओलाई दबाव ?


– उदयसिंह श्रेष्ठ

नेपालगन्ज – भेरी यातायात प्रालिले हचुवाको भरमा नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवामा नेपाल सरकारको अनुमति बिना नै संचालनमा ल्याइएका अवैध भारतीय नम्बर प्लेटका बस अहिले पूर्ण रुपमा बन्द भएपछि अहिले एक जना विधायकलाई अघि सारेर यातायात व्यवस्था कार्यालयों बस संचालन सम्बन्धमा बाँके प्रमुख जिल्ला अधिकारीमाथि बस संचालनार्थ दबाव दिन थालेको ब्यापक चर्चा पाएको छ ।

भेरी यातायात प्रालिका समूह बुधबार बाँके प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गर्न पुगेपछि प्रजिअले बाँके जिल्ला ट्राफिकलाई सोधपुछ पश्चात अनुमति नभई संचालनमा आउन नसक्ने बताएपछि ती समूहहरु रित्तो हात फर्केका थिए भने शुक्रबार एक जना विधायककासाथ अनुमति नपाएको भारतीय बस नेपालगन्ज–लखनउ–नेपालगन्ज रुटमा संचालनार्थ दबाव दिन पुगेको ब्यापक चर्चा पाएको छ ।

सिडिओमाथि दबावको चर्चासँगै अर्का एक जना विधायकले हामीसँग टेलिफोन वार्ता गर्दै भने–‘नेपालको कानुन विपरित सिडिओ साबले अनुमति दिनु हुँदैन । दबावमा अनुमति दिइयो भने भोलि केही घटना भयो भने बाँके प्रजिअ नै प्रमुख जिम्मेवार मानिनेछ । दबावमा अनुमति दिएमा प्रदेशको सभामा समेत यो कुरा उठान हुन्छ ।’

ट्राफिक निर्देशनालय काठमाडौंले यातायात विभागसँग समन्वय गरेर मात्र अनुमति नपाएका भारतीय बसलाई नेपाल भित्रिन रोक लगाउने आदेश आएपछि ३ दिन देखि जमुनाहा प्रहरी चौकी र ट्राफिक प्रहरी पोष्टले विशेष निगरानी बढाउनुको साथै जमुनाहा बोर्डरबाट त्यस्ता भारतीय बसलाई फिर्ता पठाउँदै आएको छ । अनुमति नपाएका भारतीय बस फिर्ता पठाएपछि भेरी यातायात प्रा। लि। ले रुखो स्वरमा लिखित जवाफ दिनु पर्ने विषयमा प्रहरीलाई समेत दबाव दिएको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जले भारतीय बस संचालनको लागि कसरी पत्र दियो ? यो बिषयमा यातायात व्यवस्था विभाग काठमाडौका सिनियर इन्जिनियर मोहन भट्टराईले भने-“यातायात विभागले यातायात मन्त्रालयमा काउण्टर हस्ताक्षर गरेर पत्र पठाई सकेका छौं । हाम्रो मन्त्रालयले परराष्ट्रमा पठाउने र परराष्ट्र मन्त्रालयले दिल्ली स्थित नेपाली राजदुताबासमा जानकारी गराउनु पर्छ । अनि हामी जस्तै भारतको विभागले नेपाली राजदुताबाससंग समन्वय गरी अनुमति दिनु पर्छ । तर नेपाली राजदुताबाससंग समन्वय गरेको देखिएको छैन । नेपालगन्जको कार्यालयले संचालनको लागि कसरी पत्र दियो रु अब आइतबार मात्रै खोजीनीति हुन्छ ।”

 

सम्पूर्ण कागजातको अध्ययन गरी अनुमति नपाएको ठहर गर्दै अनुमति नपाएको भारतीय बन्द पूर्ण रूपमा बन्द गराइएकोमा ट्राफिक निर्देशनालय काठमाडौका प्रमुख एवम् डिआईजी पूर्ण चन्द्र जोशी भन्छन्“कसको के पत्र आयो भन्दा पनि नेपालको कानुन अनुसार जायज़ छ भने चल्छ, नत्र फिर्ता पठाइन्छ ।”अनुमति पाएको भए ३ दिनदेखि भारतीय बस किन फिर्ता पठाइयो रु अहिले आएर यातायात व्यवस्था कार्यालय नेपालगन्जले संचालनको लागि कसरी पत्र काट्यो ? अख़्तियार दुरूपयोग अनुसन्धानले सुक्ष्म छानबिन आवश्यक देखिएको छ ।

नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवामा अनुमति नपाएका भारतीय बसको चर्चा बढेसँगै सशस्त्र प्रहरी बल प्रदेश कार्यालयले समेत चासो लिँदै जानकारी राख्न थालेको बुझिएको छ । समितिले भारतीय बसको हकमा यातायात विभागले रुटको लागि काउन्टर हस्ताक्षर गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस पत्र पठाएको चिठ्ठी देखाई यही नै अनुमति हो भन्दै केही दिन नेपालगन्ज-लखनउ-नेपालगन्ज बस सेवा संचालन गरेका थिए ।

तर भेरी यातायात प्रालिसंग बसपार्क नै नभएको कारण अति नै ब्यस्त सडकमैं बस खडा गरी बस सेवा संचालन गर्दा पनि ट्राफिक नियम पालना गराउने जिम्मेवारी पाएका ट्राफिक चोकस्थित ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी सबै मौन रहेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement