काठमाण्डु-अविरल वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ। यसले राजमार्गमा सम्भावित जोखिम बढाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
प्रहरीले खोलाको बहाव सामान्य भई सडकमा कुनै अवरोध नरहेपछि मात्रै अर्को सूचना जारी गरी बाटो सुचारु भएको जानकारी गराइने जनाएको छ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ। थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।




प्रतिक्रिया